काठमाडौं । गायक तथा संगीतकार कृष्ण राईको नयाँ गीत ‘पूर्वेली ठिट्टी–३’ (संजोगैले) सार्वजनिक भएको छ । ‘पूर्वेली ठिट्टी’को पहिलो र दोस्रो भागको अपार सफलतापछि गायक राईले ‘पूर्वेली ठिट्टी–३’ दर्शक÷श्रोतामाझ सार्वजनिक गरेका हुन् ।
उत्तम पौडेलको शब्द रहेको गीतलाई गायक राई आफैले संगीतबद्ध गरेका छन् । देवेश राईले एरेञ्ज गरेका ‘पूर्वेली ठिट्टी–३’मा गायक राईलाई गायिका पवित्रा गुरुङले साथ दिएकी छन् । यस अगाडि ‘पूर्वेली ठिट्टी–१’ (मैपनि हजुर) र ‘पूर्वेली ठिट्टी–२’ (चौतारी छेउको) गीतमा गायक राईलाई गायिका सुनिता थेगिमले साथ दिएकी थिइन् ।
गायक राईको ‘पूर्वेली ठिट्टी–१’लाई यो समाचार तयार पार्दासम्म १३ लाख ४८ हजार बढी दर्शकहरुले युट्युवमा हेरिसकेका छन्, भने ‘पूर्वेली ठिट्टी–२’लाई २ लाख ५८ हजार बढीले हेरिसकेका छन् । यसरी ‘पूर्वेली ठिट्टी–१ र २’ को अपार सफलतापछि गायक राईले तेस्रो भाग बजारमा ल्याएका हुन् ।
गायक राईको ‘पूर्वेली ठिट्टी–३’ (संजोगैले) गीतलाई साजन शाहले मिक्सिङ÷मास्टरिङ गरेका हुन् । गंगाराम राईको सिनेमाटोग्राफी रहेको यस गीतको भिडियोलाई गायक राईको ‘कृष्ण राई अफिसियल’ नामक यूट्युव च्यानलमा अपलोड गरिएको छ ।
सार्वजनिक गीतको बारेमा बोल्दै गायक राईले नेपाली गीत–संगीतको मुख्य आधार स्रोत जननी भनेकै लोकगीत रहेको बताए । जसको कारण पनि लोकगीतलाई सबैले माया गर्नुपर्ने उनको भनाइ छ ।
गायक राईले भनेका छन्, ‘मैले ‘पुर्वेली ठिट्टी’ १ र २ गरेर पुर्वेली गीतको संरक्षण, प्रबद्र्धन तथा अनुसन्धानको लागि बनाएको छु । लोकगीत नेपाली संस्कृति, संस्कार, ठाउँ विशेष, लोक विशेषको सम्बाहक हो, भने नेपाली लोकगीतले नेपाली समूदायलाई एकीकृत गर्न र परस्पर सम्बन्धलाई बलियो बनाउनमा सहयोग गर्दछ । लोकको उजागर राष्ट्रको उजागर हो ।’
उनले फेरि भनेका छन्, ‘गीत–संगीतकै जननी लोकगीत भएकोले अझै अनुसन्धानात्मक लोक गीतहरु सकभर पस्किदै जानेछु, प्रस्तुत गर्दै जानेछु । हरेक गीतहरु सर्वप्रिय हुनैपर्छ भन्ने छैन । हरेक लोकगीतहरुको आफ्नै अस्तित्व र मर्म हुने हुनाले नेपाली लोक सङ्गीतको आफ्नै मूल्य हुन्छ ।’
यसका साथै उनले आफूले भर्खरै बजारमा ल्याएको यस गीत नेपाली पूर्वेली बजारे ठट्योउली भाकामा आधारित लोकगीत रहेको जानकारी गराए । क्षेत्रीय गीत भएपनि दर्शक–स्रोताले आफ्नो यस रुचाउनेछन् भन्नेमा आफू विश्वास्त रहेको उनले बताए । साथै गायक राईले आफ्नो सार्वजनिक गीतलाई सुनेर–हेरेर प्रतिक्रिया दिनुका साथै सेयर गरेर सबै नेपालीमाझ पुर्याइदिन आग्रहसमेत गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।