- तस्वीर महेश्वर के.सी.
काठमाडौं । टुँडिखेलमा आज (शुक्रबार) गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाउँदै छन्। पूरारानो वर्षलाई बिदा गरेर नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदालय पुस १५ लाई तमु ल्होसार पर्वका रुपमा मनाउने गर्दछन् ।
शुक्रबार काठमाण्डौंको टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारको उद्घाटन गरे । गुरुङ समुदायमा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु बुझिन्छ ।
तमु ल्होसार पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।