- तस्वीर : महेश्वर के.सी.
काठमाडौं । देशभरका फिल्म निर्माताहरुले माग पूरा गर्न सरकारलाई दबाब दिने भएका छन् ।
माग पूरा गर्नका लागि शुक्रबार देशभरका फिल्म निर्माता काठमाडौंमा भेला भइसकेका छन् । निर्माताहरु चलचित्र विकास बोर्डको सभाहलमा ११ बजे छलफलमा बसेका थिए ।
३ सय भन्दा बढी निर्माता सहभागी रहेको भेलामा निर्माता संघका अध्यक्ष नवल खड्काले सबै सुझाव संकलन गरेर बोर्ड र चलचित्र संघसँग वार्ता गर्ने बताएका छन् । उनले पहिलो चरणमा वार्ता र छलफलबाटै समस्या समाधान गरेर अघि बढ्ने बताए । तर, पहिलो चरणको माग पूरा नभए आन्दोलनमा परिस्थिति हेरेर कठोर निर्णय लिने पनि उनले बताए ।
भेलामा नेपाली चलचित्रलाई उपेक्षामा राखिएकाले राज्यलाई घचघच्याउने, फिल्म हलसँगका वार्ता गर्ने, निर्माताले पाउनुपर्ने ‘पर्सेन्टेज’ वेृद्धि गरिनुपर्ने mट्रेलर बजाउने रकम, सर्भरको चार्ज, बक्स अफिस पारदर्शी नभएकोलगायत विषयमा छलफल भएको थियो । र, तिनै छलफलका विषयहरु लिएर सरकारलाई माग पूरा गर्न दबाब दिइने छ ।
भेलाको उद्घाटन कार्यक्रममा संघीय सांसद असिम शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतको उपस्थिति रहेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।