काठमाडौं । गायक हेमन्त शर्मा पोखराको सेती नदी खोँचमा दुर्घटनामा परेको विमान उडेको करिब एक घण्टाअघि आफू उडेको बताएका छन् । कार्यक्रम आयोजकले धन्नले आफ्नो टिकट एक घण्टापछि सारिदिएनछन् भन्दै दुर्घटनाप्रति उनले दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू काठमाडौंबाट पोखरा उडेको कबि १ घण्टापछि यती एयलाइन्सको विमान पोखरा लागि उडेको बताएका छन् ।
उक्त विमान दुर्घनाप्रति लक्षित गर्दै चौतर्फीबाट म्यासेज आएकोमा सबैलाई चासो व्यक्त गरेको उनले धन्यवाद पनि दिएका छन् ।
उनले लेखेका छन्, ‘धन्न आयोजक प्रशान्त भाईले टिकट केहि पछिको गरिदिएनछन्।आज म काठमाण्डूबाट पोखरा उडेको करिब १ घण्टा पछि काठमाण्डूबाटै पोखराको लागि उडेको जहाज़ नराम्ररी दुर्घटना ग्रस्त भएछ। सँगै वेटिङ मा रहनुहुने देखादेख भएकै कत्ति यात्रु पक्कै पर्नुभयौ। साह्रै दुखः लाग्यो। सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धांजलि ब्यक्त गर्दछु। ज़िन्दगीको केहि भर छैन । मेरो बिहानको बाग्लुंग यात्राको पोष्ट हेरेर मलाई देश बिदेशबाट कल,म्यासेज गरि चासो ब्यक्त गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।