काठमाडौं । अहिले ‘ह्यारी कि प्यारी’ टिम चलचित्र प्रचारका लागि उपत्यकाबाहिर दौडधुपमा रहेको छ । चलचित्रका मुख्य भूमिकामा रहेका अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र अभिनेता जितु नेपालसहितका टिम यतिबेला पूर्वतिर पुगेको छ ।
यहिँ माघ २० माघब गते प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार यहिँ ७ माघसम्म जारी रहने भनिएको छ । मोफसल यात्राकै क्रममा बिहीबार चलचित्रको धरान पुगेर त्यहाँका मेयर हर्क साम्पाङसँग भेटवार्ता गरेको छ ।
मेयर साम्पाङलाई भेटेर अभिनेत्री साम्राज्ञीसहितको कलाकार टोलीले रुद्राक्षका बिरुवा दिएको छ । रुद्राक्षको बिरुवा हस्तान्तरणपश्चात् मेयर साम्पाङले बिरुवा रोपिने क्षेत्रको नाम नै– ‘संस्कृति पार्क– कलाकार क्षेत्र’ राखेका छन् ।
मेयर साम्पाङले बिरुवा हस्तान्तरणपछि लेखेका छन्– ‘ह्यारी कि प्यारी फिल्म मेकर्स आएर हामीलाई रुद्राक्षका विरुवा दिएर जानु भयो यी सब हामीले रोपेकाछौँ ! त्यो क्षेत्रको नाम ‘संस्कृति पार्क–कलाकार क्षेत्र’ राखिनेछ !’
तस्वीरः राजेश शाक्य
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।