काठमाडौं। बुटवलबाट काठमाडौं आउँदा गीतकार रोहित घिमिरेका दुई सपना थिए । एउटा आँफुले लेखेका गीत चर्चित गायक गायिकालाई गाउन दिने र समय मिलाएर यूरोप जाने । काठमाडौँ खाल्डोमा ११ वर्ष संघर्ष गरेपछि अहिले रोहितका दुई वटै सपना पूरा भएका छन् । उनले लेखेका ३ दर्जन बढी गीतमा चर्चित गायक गायिकाहरु अन्जु पन्त, प्रमोद खरेल, नरेन्द्र प्यासी, शिव परियार, स्वरुपराज, मेलीना राईदेखि पछिल्लो पुस्ताका प्रदाप दास र रचना रिमालसम्मका गायक गायिकाहरुले स्वर भरेका छन् ।
हाल फ्रान्समा रहेका रोहितको पछिल्लो सपना भनेको काठमाडौंमा एउटा आनन्दको घर होस् भन्ने हो । जसका लागि उनी अहिले रातदिन नभनी ड्युटीमा खट्छन् । बाबु आमा र परिवारसँगै छिट्टै काठमाडौँमा भेटीने वाचासहित परवास भासिँदै गर्दा उनले लेखेको पछिल्लो गीत सान्बाबु चर्चामा छ । फ्रान्सबाट आफ्नो विगत सम्झिँदै रोहितले गायक प्रमोद खरेलसँग बिताएको एउटा रमाइलो किस्सा सुनाए । कुरा ११ वर्ष अघिको हो ।
पानी परिरहेको एक मध्यान्ह्न । रोहित, गायक प्रमोद खरेल र कम्पोजर रमेश श्रेष्ठ क्रिकेट सम्बन्धी लेखिएको राष्ट्रिय गीत हामी नेपाली क्रिकेट खेलाडी रेकर्ड गराउने हतारोमा थिए । २ हप्तादेखि प्रमोदसँग समय लिएर गीत रेकर्ड गराउन निस्किएका रोहितको टिम पुतली सडकबाट प्रमोदको गाडीमा रेर्कडिगंका लागि निस्कियो । उतीबेलैदेखि कार चढ्थे प्रमोद । बिचबाटोमा नै प्रमोदको कार हिलोमा फस्यो । कार गुहेश्वरीमा फसेपछि प्रमोद गाडीबाट बाहिर निस्किएनन् । प्रमोद बाहिर निस्किए भिडभाड हुने डरले रोहितले निस्किन दिएनन् ।
गीतकार रोहितले निर्धक्क भएर बाहिर निस्किए र प्रमोदको कार ठेलेरहिलोबाट निकाल्दा उनी पुरै रुझेका थिए । तर गीत ३ बजे रेकर्ड गर्नुपथ्र्यो साउण्ड मिल स्टुडियोमा । सोही दिन साउण्ड मिल स्टुडियोमा प्रमोदका ३ वटा गीतहरु रेकर्ड गर्ने तयारी थियो । गाडी फस्दा प्रमोद निकै तनावमा देखिएका थिए । गीत रेकर्ड भयो । पारिश्रमिकको कुरा आयो । राष्ट्रिय गीत भएका कारण प्रमोदले रोहितसँग पारिश्रमिक लिएनन् । रोहितले लिन आग्रह गरे । प्रमोदले एउटा गीत गाएको १० देखि १२ हजार लिने उक्त समयमा पनि क्रिकेटको फ्यान भएका नाताले पनि पारिश्रमिक नलिएपछि रोहितलाई प्रमोदको यो गुन कसरी तिरौँ भन्ने झल्को पछिसम्म आइरह्यो । रोहितले पछि प्रमोदसँग थुप्रै गीतमा सहकार्य गरे ।
रोहित क्रिकेटका डाइहार्ट फ्यान भएको , नेपाली क्रिेटका लागि केही गरौँ भन्ने सोचेका उनले आफूँले लेखेको गीतलाई जिवन्त बनाउन सबै उपाय अपनाए । पछि गीतले पनि राम्रो चर्चा पायो । त्यसपछि उनले राष्ट्रिय टोलीका तत्कालिन कप्तान पारस खड्का, चर्चित बलर शक्ति गौचन, सन्दीप लामिछाने जस्ता खेलाडीहरुसँग निकटता बढाए । सन्दीप पछिल्लो प्रकरणमा मुछिँदासम्म उनले सन्दीपलाई नआत्तिन सुझाउँदै नेपालको कानुनले न्याय दिलाउने कुरामा विश्वस्त रहन समेत आग्रह गरेको बताउँछन् । रोहित सन्दीपका फ्यान मात्रै नभएर एउटा मिल्ने साथी पनि हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।