काठमाडाैँ । दाङका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकी नेपालको पहिलो युट्युबको सिल्भर बटन पाउने प्रहरी निरीक्षक भएका छन्।गीतकारसमेत रहेका भूपेन्द्र आफ्ना रचनाहरु युट्युबबाट सार्वजनिक गरेर नै युट्युबको सिल्भर बटन पाएका हुन्।
‘भूपेन्द्र बुढाथोकी’ नामक युट्युब च्यानलको सब्स्क्राइबर एक लाख पुगेपछि उनले सिल्भर प्ले बटन प्राप्त गरेका हुन् । यसकाे खुसी शेयर गर्दै उनले सामाजिक संजालमा पोष्ट गरेका छन्।
उनले आफ्नै नामबाट यो युट्युब च्यानल पैसा कमाउन खोलेको भने होइनन् । नाम कमाउने, गीत सधैँ रहने उद्देश्यले युट्युब बनाएकाे उनले सुनाए। यसबाट उनले अहिलेसम्म केही पैसा पनि प्राप्त गरेका छैनन्। तर सब्स्क्राइबर भने एक लाख पुगेको छ। गीत बाहेक अन्य भिडियोसमेत उनले युट्युबमा राखेका छैनन्। पेसा अर्कै भएकोले मानिसबाट नेगेटिभ कुरा आउने डरले आफूले गीत बाहेकको अन्य भिडियो युट्युबमा नराखेको बताउँछन्।
एक लाख सब्स्क्राइबरको खुसीमा उनले लेखेका छन्, ‘यो मेरो प्रोफेसन त होइन, म एउटा राष्ट्र सेवक कर्मचारी प्रहरी इन्स्पेक्टर भएता पनि मैले फुर्सदमा लेख्ने गरेका मेरा केही गीतहरू जसमा मैले राष्ट्रिय अवार्ड समेत पाउन सफल भए। आफ्नै नामको युट्युब च्यानल एकलाख सस्क्राइबर समेत पाउन सफल भए। आफ्नै नामको भूपेन्द्र बुढाथोकी युट्युब च्यानल एकलाख सस्क्राइबर पुगेको हुँदा आज युट्युबको तर्फबाट यो सिल्भर प्ले बटन अवार्ड पाउनसफल भएको छु । कोही पनि मान्छे महर हुँदैन। तर आफूले रचेका गीतसंगीत सधैँ ररिरहने छन्।’
उनले गीत लेखनबाट धेरै गीतसंगीतका अवार्ड समेत हात पारेका छन्। ‘फुल भनौँ जिन्दगीलाई’ गीतबाट पहिलो अवार्ड पाएका उनले गायक प्रमोद खरेलको स्वर रहेको ‘धोका माथि धोका’ भन्ने गीतबाट गीतबाट दोस्रो अवार्ड समेत पाएका छन्। अहिले उनी प्रहरी निरीक्षकको रुपमा मुगुमा कार्यरत रहेका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।