काठमाडौं। गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ।
भिडियोले वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई देखाउन खोजेको छ।
प्रथम क्षेत्रीको निर्देशन रहेको सार्वजनिक डान्सिङशैलीको भिडियोलाई दर्शकले रुचाएको गायक वाङ छिरीङ भोटिया बताउँछन्। नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ।
सम्पादक रावलको परिचय यतिमा मात्रै सीमित छैन। उनले म्युजिक भिडियो सम्पादन बाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई विकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरिरहेका छन् र उनले सन्देशमुलक र संघर्षशिल भिडियो सम्पादकका रुपमा आफ्नो राम्रो पहिचान पनि बनाई सकेका छन्।
हाल सम्म बिष्णु माझी, प्रमोद खरेल, अन्जु पन्त, मेलिना राई, राम जि खाँड, एलिना चौहान, चक्र बम, रेखा जोशी, जुनु रिजाल काफ्ले, शान्ती श्री परियार, नेत्र भण्डारी, रोशन सिंह लगायत नेपालका थुप्रै चर्चित गायक,गायिकाहरुको तीन सय भन्दा बढी भिडियोहरु सम्पादनको काम गरिसकेका उनले तीन पटकसम्म ‘नेशनल अवार्ड’ पनि पाईसकेका छन्।
(भिडियो)
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।