काठमाडौं । कलाकार दीपकराज गिरी चलचित्र विकास वोर्डसँग जंगिएका छन् ।
सामाजिक संजालमा स्टाटस लेख्दै उनले बोर्डसँग असन्तुष्टि पोखेका हुन् ।
आफ्नो चलचित्रको कमाइबारे गलत रिपोर्ट दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भनेको छन्, ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ ।’
उनले अध्यक्ष भुवन केसीप्रति लक्षित गर्दै पछिल्लो समय चलचित्र क्षेत्रमा लफडै लफडा भएको टिप्पणी गरेका छन् ।
‘यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा,’ उनले थप भनेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।