- इन्दिरा चाम्लिङ
ब्रसेल्स । स्पेनको बार्सिलोनामा गायक राजेश पायल राई ‘राई इज किङ’ को भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली जनसम्पर्क समिति स्पेनद्वारा आयोजित नयाँ वर्ष सांस्कृतिक धमाका–२०८० कार्यक्रम ‘राई इज किङ’ को साथमा ऐतिहासिक र भब्य रुपमा मनाइएको हो ।
कार्यक्रममा गायक राजेश पायल राईले दर्शकहरुलाई घण्टौंसम्म गीतमार्फत नचाए । साँझ ७ बजेबाट भरिभराउ भएको उक्त कार्यक्रम स्थल राति १ बजेसम्म पनि भरिभराउ नै थियो । नेपालीहरुले कार्यक्रम गर्ने गरेको सबै भन्दा ठूलो कन्सर्ट हलमा दर्शक नअटेर बाहिर भिडभाड बढेकोले स्थानीय प्रहरीसमेत भिडभाड ब्यवस्थापन खटिएका थिए ।
युरोपको सांगितिक टुरमा रहेका गायक राईले स्पेन, पोर्चुगल, माल्टा, पोल्याण्ड, फिनल्याण्ड, बेल्जियम, नर्वे, चेक रिपब्लिकलगायत देशका विभिन्न शहरहरूमा कन्सर्ट गर्ने कार्यक्रम रहेको छ । मे महिनाको १६ तारिखमा बेलायतबाट नेपाल फर्केलगत्तै महानायक राजेश हमालसँग अष्ट्रेलिया सांगितिक कार्यक्रममा निस्कँदै छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।