काठमाडौं । पछिल्लो विवादित गीत सकम्बरीको विषयलाई लिएर गायक प्रकाश सपूतले रात्रिकालीन मनोरञ्जन व्यावसायी संघसँग माफी मागेका छन् ।
हाल अमेरिकामा रहेका गायक सपूतले एक विज्ञप्ति जारी गर्दै व्यवसायी संघसहित आफ्नो सृजनाले जो जस्लाई अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा चोट पुगेको छ सबैलाई क्षमा मागेका हुन् ।
‘मेरो सृजनाले प्रत्यक्ष\अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ । अपमानजनक महशुस भएको छ सबैसंग क्षमा चाहन्छु,’ उनले भनेका छन् ।
आफ्नो नियत कसैलाई होच्याउने, आफू अलग छु वा कसैलाई असफल बनाएर आफू सफल हुन नभएको भन्दै उनले समाजकै सिर्जना गरेको स्पष्टिकरण दिएका छन् ।
उनले समाजको सिर्जना गरेर तर समाजकै चित्त दुखाउने मेरो नियत नभएको बताएका छन् ।
‘म पनि यहि समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यहि निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । तर सकिनसकि जानिनजानि गर्न खोजेको चाहि समाजका अध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले भनेका छन् ।
उनले आफूले पनि विगतमा दोहोरी साँझमै काम गरेको र अपमानजनक दृष्टिकोण भोगेको र त्यही अनुभवको आधारमा पनि यो सृजनाको जन्म भएको उनको भनाइ छ ।
यसमा सबैको सबैको साझा उद्देश्य समस्या समाधान भएको उनको भनाइ छ । ‘५ वर्ष साझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहि बाट म जस्तै थुप्रैले आफ्नो जिवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्रपनि राम्रा र नराम्रा पक्ष र प्रवृति छन त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ,’ उनले भनेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।