- सुस्मिता बानियाँ/न्यूज २४
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले संगीत र कला एकसाथ प्रयोग हुने सशक्त विधा गजलको राष्ट्रव्यापी प्रतियोगितात्मक महोत्सवको आयोजना गर्ने भएको छ ।
साहित्य, संगीत र कलाको मिश्रणबाट अभिव्यक्त हुने सिर्जना गजलको व्यापकता, यसको मर्म र गहिराइलाई आत्मसात गर्दै गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी प्रतियोगितात्मक गजल महोत्सव आयोजना गर्न लागेको हो ।
पालिकास्तरमा बिश्वभर रहेको नेपाली भाषीहरुलाई लक्षित गदै नगरपालिकाले अन्तराष्ट्रि«यस्तरमा गजल महोत्सवको आयोजना गर्न लागेको हो । सूचना प्रविधिको विकास, व्यस्त समय र मानिसमा सिर्जनशीलता सुस्ताउँदै गएको अनुभूति भइरहेकाबेला गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी प्रतियोगितात्मक गजल महोत्सव गर्न लागेको हो ।
रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता मुर्धन्य साहित्यकारहरूको जन्म तथा कर्मथलो रहेकोे नगरपालिकाले महोत्सवलाई साहित्य र स्रष्टाको सम्मान तथा प्रर्वद्धनका रुपमा लिएको छ । हालसम्म स्वदेश तथा विदेशबाट नेपाली गजलकारहरूबाट ४५६ वटा गजल प्राप्त भएको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा पुरस्कृत गजलकारहरुलाई क्रमशः करबाहेक प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ४० हजार रुपैयाँ र तेस्रो पुरस्कार ३० हजार रुपैया तथा सान्त्वना पाँच जनालाई जनही २० हजार रुपैयाँको व्यवस्था छ । गलज महोत्सव आयोजक समितिका संयोजक गोविन्द प्रसाद घिमिरे वेदमणिले गजल प्रतियोगितालाई अन्तराष्टियस्तरको बनाउने तयारी भइरहेको बताएका छन् । प्रतियोगिता निष्पक्ष र स्वतन्त्र तरिकाबाट प्रतियोगीहरुको मूंल्यांकन हुने संयोजक घिमिरेको भनाई छ ।
प्रतियोगिताका लागि प्राप्त यी गजलहरूमध्ये प्रारम्भिक मूल्यांकन समितिले उत्कृष्ट १०० वटा चयन गर्नेछ । पहिलो चरणमा चयन गरिएका १०० वटा गजलहरूलाई अन्तिम मूल्यांकन गरी ४० वटा छानिने छन् । त्यसैगरी पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालले यस पालिकालाई साहित्यिक हब बनाउने योजना रहेको बताए । गोकर्णेश्वर नगरपालिका भित्रका साहित्यिक सर्जक, कवि, लेखक, कलाकार अवस्था पहिचान गरी नगरपालिकाले उचित संरक्षण तथा सम्मान गर्ने योजना रहेको बताए ।
गोकर्णेश्वर क्षेत्रलाई साहित्य तथा कला सस्कृतिको नगरको रुपमा परिचित गर्ने योजना रहेको बताए । त्यसैगरी गोकर्णेश्वर नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख डण्डपाणी शर्माले यस किसिमको प्रतियोगिताले साहित्य कला, युवाको प्रतिभाको विकासमा सहयोग पुग्ने बताए । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद बिभागले प्रतियोगिताको समन्वय गरेको छ ।
साहित्यमा संगीत र कलाको समिश्रण गजललाई एक सशक्त विधाका रुपमा मानिन्छ । संगीत र कलाको समेत एकसाथ प्रयोग हुने सशक्त विधा गजलको महत्व बढाउने तथा गजल विधाका साधकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना हुन गइरहेको प्रतियोगितात्मक गजल महोत्सव यहीँ बैशाख २३ गते शनिबारका दिन हुनेछ । यो गजल महोत्सव न्यूज २४ टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।