काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा भोलिदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाइने भएको छ ।
हालै प्रदर्शनमा आएको भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने डायलग भारतमा नहटाइएपछि महानगरले महानगरभित्रका हलहरूमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट उक्त समस्या हल गर्न अनुरोध गरेका थिए । तर, तीन दिन बितिसक्दा पनि उक्त डायलड नहटाइएपछि मेयर बालेलन एक्सनमा उत्रिन बाध्य भएका हुन् ।
मेयर बालेनले उक्त विवादित डायलड नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने चेतावनी उक्त पत्रमार्फत दिएका थिए । तर, हालसम्म पनि उक्त विवादित संवाद नहटाइएपछि आइतबार बेलुकीसम्म हलहरुमा पुगेर महानगर प्रहरीले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन नगर्न निर्देशन दिने भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।