काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेको छ ।
बुधबार चलचित्र संघले अदालतमा रिट दर्ता गराएको हो । दर्ता भएको रिटको पेशी बिहीबारका लागि तोकिएको छ ।
मेयर बालेलने भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने डायलग नहटाएको भन्दै महानगरभर भारतीय चलचित्र प्रर्दशनमा रोक लगाएका थिए ।
मेयर बालेनको उक्त निर्णय कानुनसम्मत नरहेको भन्दै हल सञ्चालकहरु अदालत गएर रिट दर्ता गराएका हुन् । रिटमा भारतीय चलचित्र प्रदर्शनको माग गरिएको छ ।
बुधबार मेयर बालेनका पछिल्ला गतिविधिप्रति असन्तुष्टि हुँदै महानगरका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पनि पदबाट राजीनामा दिएकी छिन् ।
मेयर बालेनका पछिल्लो शैक्षिक मेला, भारतीय चलचित्र ‘आदिपुरुष’ का आएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।