काठमाडौं । हामी नेपाली नयाँ वर्षको पखाईमा छौं । हामी अबको केही दिनपछि नयाँ वर्ष २०७५ लाई स्वागत गर्दै छौं । आज हामीले २०७४ मा रिलिजमा आएका फिल्महरुले बक्स अफिसमा गरेको ब्यापारको बारेमा कुरा गर्दैछौं । नयाँ वर्ष २०७५ आउनु अगाडि अर्थात चैत मसान्त सम्ममा लगभग ९१ फिल्महरु रिलिज हुनेछन् ।
यो वर्षको चैत महिनाको तीन शुक्रवार १६, २३ र ३० गते गरेर पाँच फिल्महरु रिलिजमा आउँदैछन् । यी ५ फिल्म बाहेक अन्य ८५ वटा फिल्महरु रिलिज भईसकेका छन् । रिलिजमा आएका यी ८५ फिल्महरु मध्येबाट लगभग ४४ फिल्महरु फ्लप भए । फिल्मले बक्स अफिसमा खासै लगानी पनि उठाउन सकेनन् ।
तर १९ वटा फिल्महरुले आफ्नो लगानी सुरक्षित गरेको छ । अहिले हामीले यो वर्षको ५ सुपरहिट फिल्मको बारेमा जानकारी गराउँदै छौं । जुन यो वर्ष बक्स अफिसमा राम्रो कमाल गर्नुका साथै दर्शकहरुले सर्वाधिक रुचाएका थिए भने फिल्ममा समावेश गीत संगीतले पनि निकै चर्चा कमाएको थियो ।

गत असार ३० गते रिलिजमा आएको सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु’ लाई दर्शकहरुले निकै रुचाए । फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको थियो, भने फिल्ममा समाबेश गीतहरु पनि सार्वाधिक हिट बन्यो ।
अन्य ठुला फिल्मका तुलनामा केही कम लगानीमा निर्माण भएको यो फिल्मले लगानी जतिकै नाफा गर्न सफल भएको थियो ।
सुदर्शन थापाको कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा पुजा शर्मा र पल शाहले लीड रोलमा अभिनय गरेका छन् । फिल्मलाई निर्देशक थापा अभिनेत्री शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

अभिनेत्री झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ गत भदौ १६ गते सिंगल रिलिजमा आएको थियो । अभिनेत्री थापाको डेब्यु निर्देशनमा बनेको यो फिल्मले पनि बक्स अफिसमा राम्रो कमाल ग¥यो । साथै फिल्ममा समावेश गीत पनि निकै हिट बन्यो ।
त्यसोत, फिल्मका लिड अभिनेता सलिनमान बानिया पनि यसै फिल्मबाट रजतपटमा डेब्यु गरेका हुन् । उनी डेब्यु फिल्मबाटै चर्चामा आउन सफल बने ।
यो फिल्ममा अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत र सलिनमान बानियाले मूख्य भुमिकामा अभिनय गरेका छन् ।

यो वर्षको अर्को हिट फिल्मको रुपमा ‘दुई रुपैयाँ’ रहेको छ । यो फिल्ममा समावेश गरिएको ‘कुटुमा कुटु सुपारी दाना’ गीतले निकै तहल्का मच्चायो । यो गीतलाई युट्युभमा पनि दर्शकहरुले धेरै भन्दा धेरै हेरिरहेका छन् ।
यो फिल्म भदौ २३ गते रिलिजमा आएको थियो । फिल्मलाई आशिफ शाह र निश्चल बस्नेतले निर्माण गरेका हुन् । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् । फिल्ममा निश्चल बस्नेत, आशिफ शाह, स्वास्तीमा खड्का, मेनुका प्रधान, बुद्धि तामाङ लगाएतले अभिनय गरेका छन् ।

गत असोज ११ गते रिलिजमा आएको फिल्म ‘छक्का पञ्जा २’ पनि यो वर्षको सुपरहिट फिल्मनै हो । यो फिल्मले नेपाली फिल्म उद्योगमा सबैभन्दा बढी पैसा कमाउने फिल्म पनि हो ।
यो फिल्म दिपक राज गिरी र दिपा श्री निरौलाको क्याम्पबाट निर्माण भएको फिल्म ‘छक्का पञ्जा’को दोसा्रे सिक्वेल फिल्म हो । यो फिल्ममा समावेश गरिएको गीत संगीत पनि त्यतिकै हिट बन्यो । साथै गीत कपि भएको कारण फिल्म विवादमा पनि तानिएको थियो ।
फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दिपक दिपा सहित केदार घिमिरे, जितु नेपाल, सुमन गिरी लगायतको लगानी रहेको थियो भने फिल्ममा केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतको मूख्य भुमिका छ ।

यो वर्षको अर्को हिट फिल्म ‘शत्रुगते’ हो । फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने ‘शत्रुगते’लाई मह सञ्चारसँगै किरण केसी, दिपक दिपा, प्रदिप भट्टराई, नरेन्द्र कंसकार लगायतले संयुत्त रुपमा निर्माण गरेका हुन् ।
यो फिल्म चैत ९ गतेबाट प्रदर्शनरत छ । यो फिल्मले आक्रमक रुपमा व्यापार गरिरहेको छ । फिल्मले रिलिजको तेश्रो दिनबाट नाफा शुरु गरेको हो । यो फिल्म रिपलजमा आएको ५ दिन मात्र भएपनि बक्स अफिसमा धेरै राम्रो व्यापार गरिरहेको छ ।
यो फिल्ममा समावेश गीतहरु पनि हिट नै भएका छन् । फिल्ममा अभिनेता पल शाह र आँचल शर्मा, प्रियंका कार्की, दिपक राज गिरी, दिपाश्री निरौला, हरीबंश आचार्य, मदन कृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी, बसुन्धरा भुषाल लगायतको अभिनय छ ।
अब यो वर्ष तिमीसँग, नेप्ट, लिलिबिली र हिरोज रिलिज हुन बाँकी नै छन् । रिलिज हुन बाँकी यी ५ फिल्मले कस्तो ब्यापार गर्छ त्यो भने रिलिज पछि नै थाहा हुनेछ । मिलन चाम्सको फिल्म लिलिबिली दर्शकहरुको लागि पर्खाईको फिल्म बनेको छ । यो फिल्ममा अभिनेता प्रदिप खड्का र नव नायिका जसिता गुरुङ मुख्य भुमिकामा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।