एजेन्सी : एक तस्बिर सामाजिक सञ्जालमा सेयर भए लगत्तै, आजभोली बलिउड अभिनेत्री करीना सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छिन् ।

यति बेला उनको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सिंगापुरमा आयोजना भएको समर फेसनमा पुगेकी करिनाले डीजाइनर मनिष मल्होत्राको लागी रैंप वाक गरेकी थिइन् । उक्त सोको केही तस्बिरहरू करीनाको साथीले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन । उक्त तस्बिरमा करीना निकै नै दुब्लो देखिएकी छिन् ।
सोही तस्बिरलाई लिएर विभिन्न ट्रोलहरु बनाइएको छ भने धेरैले उनको तस्बिरमा कमेन्ट गर्दै केही त खाने गर अर्थात् कुपोसण भएको जस्ता शब्दहरू प्रयोग गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।