काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली फिल्म र बलिउड फिल्म उद्योगलाई जोड्ने बताएका छन् ।
फिल्म कलाकार संघले आयोजना गरेको ‘दोश्रो फान अवार्ड’लाई सम्बोधन गर्दै ओलीले आफ्नो चाँडै हुन लागेको भारत भ्रमणको टोलीमा फिल्मकर्मीलाई पनि सहभागी गराउन लागेको जानकारी गराए ।
प्रधामनत्री ओलीले ओलीले सम्बोधनका क्रममा फिल्मकर्मीहरुलाई ‘कथाको माग भन्दा पनि समयको माग अनुसार’ फिल्म बनाउन आग्रह गरे ।
उनले आफ्नो भारत भ्रमणको क्रममा बलिउडका सिनियर फिल्मकर्मीसँग डिनर भेट गर्न लागेको जानकारी गराए । आफूले सो क्रममा नेपालमा सुटिङ गर्नका लागि उनीहरुलाई फेरि पनि आग्रह गर्ने ओलीको भनार्इ थियो ।
साथै प्रधानमन्त्री ओलीले भारतबाट फर्किएलगतै नेपाली फिल्म क्षेत्रका फिल्मकर्मी र बलिउडकर्मीबिच कार्यक्रम आयोजना गर्ने पनि बताएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।