काठमाडौं । फिल्मकर्मी, नाट्यकर्मी लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिवा भोजको आयोजना गरिएको छ । काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न ‘दोश्रो फान अवार्ड’का विजेता, कलाकार, पत्रकारका लागि दिवा भोजको आयोजना गरिएको हो ।
प्रधानमन्त्रीको निमन्त्रणामा नेपाली फिल्म उद्योगका चर्चित कलाकर्मी बालुवाटार पुगे । मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायक राजेश हमाल, शिव श्रेष्ठ, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बालुवाटार पुगेका थिए ।
त्यस्ै सिताराम कट्टेल, केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, सभासद् कोमल वली पनि बालुवाटार पुगे । फिल्मकर्मी लक्ष्मी गिरी, हरिहर शर्मा, निर शाह लगायत पनि प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगे । प्रधानमन्त्री निवासमा सय भन्दा बढी फिल्मकर्मीहरुको जमघट रहेको थियो ।
प्रधानमन्त्री ओलीले फिल्मकर्मीहरुलाई देशको विकासमा साथ दिन आग्रह पनि गरे । कलाको माध्यमबाट देशमा आमुल परिवर्तन गर्न सकिने प्रधानमन्त्रीको भनाई थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।