केहि समय अघि सार्वजनिक प्रदर्शन भैसकेको अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को आइतबार बेलुका भी।आई।पी शो सम्पन्न भएको छ । राजधानीको को कुमारी हलमा आयोजित शो हेर्न पुर्व प्रधानमन्त्री एवंम् माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड,सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित, नयाँ शक्ती पार्टी नेपालकी नेतृ हिसिला यमी , प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतले चलचित्र हेरे ।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारको प्रिय सदस्यको बिछोडमा पनि पीडालाई शक्तिमा बदलेर आफू राष्ट्र र जनताको निम्ति समर्पित भएको बताएका छन्। चलचित्र कान्छीको विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प समेत गरे। उनले आफ्नो र अभिनेत्री श्वेताको दुख एउटै रहेको बताए । उनले भने ‘मैले धेरै साथिहरुसंग कान्छीको चर्चा गरें, तर कान्छीको कथा नबताउनुस है भने, श्वेता जी र हाम्रो परिवार एउटै पिडाबाट हामी गुज्रेको छौं । त्यहि पिडाको अनुभूतिको समानताले पनि , जिम्मेवारी पनि बोध गरें, भावानात्मक अनुभूतिको तिब्रताका कारणले पनि म आज यो कार्यक्रममा उपस्थित छु ।
यो सफल प्रदर्शन भैईसकेको हुनाले कान्छीलाई, निर्देशक सबैलाई बधाई दिन चाहान्छु’ । श्वेता जी ले आफ्नो पिडालाई जुन शक्तिमा बदल्ने आँट गर्नुभाछ, म बधाई पनि भन्न , मैले पनि आफ्नो परिवारको बिछोडको पिडालाई नजिकलाई गुमाउँदा खेरिको पिडालाई राष्ट्र निर्माणमा लगाउने संकल्प गरेको छु, म आफुजस्तै साथि श्वेतालाई ठानेको छु’ उनले थपे । प्रचण्डले चलचित्र कान्छी सामाजिक र पारिवारिक चलचित्रको रूपमा रहेको र कथावस्तु पनि उत्कृष्ट रहेको बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।