काठमाडौं । खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै अभिनेत्री करिश्मा मानन्धरले आफ्नो ढल्किँदो उमेरको बाबजुद अध्ययनको भोक मेटाउन तल्लिन परेकी छन् । अभिनयमा लागेर आफ्नो पढाई अधुरो भएको र त्यसलाई पूर्णता दिन उनी स्कुल भरना भएर पढ्न थालेकी हुन् ।कक्षा ९ को भरखरै परिक्षा दिएकी करिश्माको पीएचडी सम्मको अध्ययन गर्ने योजना रहेको बताएकी छन् ।
छोरी कबिताले उनको पढाईमा सहयोग गर्छिन हाल उनी काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययनरत छिन् ।नयाँ शक्ति नेपाल पार्टीमा आबद्ध उनलाई स्कुलले ड्रेस लगाउन अनिबार्य नगरेको कारण सजीलो भएको र समय मिलाएर पार्टीकोे काम र स्कुल जाने गरेको उनी बताउँछिन् ।
करिष्माको अनुसार उनलाई पढ्ने प्रेरणा र उर्जा दिने नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई हुन्।सिक्न र अध्ययन गर्न उमेरको छेकोबार हुँदैन भनेर प्रेरणा दिएपछि उनले पुनः स्कुल भर्ना हुने सोच बनाएकी हुन् ।
सौन्दर्यकि धनि करिश्मा नेपाली फिल्म उद्योगकी सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।