काठमाडौं । सोमबार राति उपचारको क्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको निधन भएपछि मदनकृष्ण श्रेष्ठले मर्मस्पर्शी स्टाटस लेखेका छन् ।
लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । यशोदाको मंगलबार आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो ।
उनले यस्तोलेखेका छन् –
सबैले माया मारेर केभो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदैछ नि मलाई स्याहार गर्ने
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।