भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा निस्कने तय भएको छ । ओलीको भ्रमण टोलीमा दुई नेपाली कलाकार पनि सहभागी हुने भएका छन् जसमा नायक राजेश हमाल र कलाकार तथा निर्देशक दिनेश डि सीलाई चयन गरीए्रको प्रधानमन्त्री कार्यालय बालुवाटारले जनाएको छ ।
केही दिन अगाडि राजधानीमा आयोजित दोस्रो फान अवार्ड मा प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नेपाली कलाकारलाई सहभागी गराउन लागिएको जुन नेपालबाट पहिलो पटक हुन लागेको उद्घोष गरेका थिए ।
भ्रमणको क्रममा चैत २४ गते प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरु सँग डिनर गर्ने कार्यक्रम तालीका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।