एजेन्सी। मुस्लिम धर्मावलम्बीहरुको पवित्र ठाउँ मक्का, मदिना साउदी अरवमा छन् । तीर्थयात्राका लागि बर्षेनी ३० लाख भन्दा धेरै ईस्लाम धर्मावलम्वी साउदी अरव जान्छन् । साउदी अरेबियामा फिल्म हलहरु सञ्चालन हुने भएका छन्।
साउदीमा ३५ वर्ष पछि अप्रिल १८ देखि फिल्म हलमा फिल्म प्रदर्शन सुरु हुन लागिएका हुन् । साउदीका १५ सहरमा ४० वटा हल खोल्ने अमेरिकाको एएमसीले अनुमती पाएका छन्। राजधानी रियादमा १८ अप्रिलमा सुपरहिट अंग्रेजी फिल्म ब्लाक प्यान्थर फिल्म प्रदर्शन गर्दैछ।
फिल्म हलहरु ८० को दशकसम्म बन्द गरिएका थिए । साउदी सरकारले सन् २०१७ मा आर्थिक तथा सामाजिक पुर्नसंरचना सुरुकोले नै फिल्म हलहरु पनि सुचारु गरिएका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।