मुम्बई । भारतीय अभिनेता सलमान खानलाई कृष्णसारको शिकार गरेको आरोपमा पाँच वर्षको जेल सजाय भएको छ । फैसला सँगै सलमानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र उनलाई जोधपुर जेलमा कैदी नम्बर १०६ को नाम दिईएको छ जसअनुसार खानले पहिलो रात जेलमा बिताएका छन् ।
कृष्णसारको शिकार गरेको १९ बर्ष अगाडिको मुद्दामा जोधपुर अदालतले खानलाई हिजो कैद सजायसहित दस हजार जरिवानाको फैसला गरेको हो ।
मुद्दामा मुछिएका अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्र, निलम, तब्बुलगायत भने निर्दोष ठहर भएका छन् । चलचित्रको छायांकनका क्रममा राजस्थानको जोधपुर पुगेको कलाकार टोलीको उक्साहटमा सलमानले १९ बर्षअघि कृष्णसारको शिकार गरेका थिए ।लगत्तै स्थानीयबासीले थाहा पाएर पिछा गरेपछि सलमान लगायतका टोलि भागेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।