एजेन्सी । बलिउड अभिनेता सलमान खानलाइ कालो हरिण प्रकरणमा पाँच वर्षको जेल सजाय सुनाइएका छन् । कृष्णसारको शिकार गरेको १९ बर्ष अगाडिको मुद्दामा जोधपुर अदालतले खानलाई कैद सजायसहित दस हजार जरिवानाको फैसला गरेको हो ।
भारतीय मिडियाका अनुसार उनले जेलमा धेरै सम्य सुतेर नै बिताएका छन् । उनले वर्कआउट पनि गर्न छाडिसकेका छन् । सलमान लाई शुक्रवार दिइेएको खाजा खाएनन् र दिउसो भने रोटी, चना को दाल र बन्दा कोभिको तरकारी खाएका हुन् । दिउसो सलमान लाई भेट्न प्रिती जिंटा पनि पुगेकी थिइन् ।
जेलका अधिकारिका अनुसार, सलमानले खाना खान पनि मानेका थिएनन् तर आफ्नी बहिनी र प्रिती जिंटा सँग भेटेपछी खाना पनि खाए र वर्कअौट पनि गरेका हुन् । उनलाई आमा कैदी को झै खाना पानी र ओछयान दिइेको थियो ।
मुद्दामा मुछिएका अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्र, निलम, तब्बुलगायत भने निर्दोष ठहर भएका छन् । चलचित्रको छायांकनका क्रममा राजस्थानको जोधपुर पुगेको कलाकार टोलीले १९ बर्षअघि कृष्णसारको शिकार गरेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।