बीबीसी
बियाबान मरूभूमिमा उनीहरू वन्यजन्तु र बोटबिरूवाका रक्षक हुन्।बिश्नोइ समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन्।
बलिवूड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरण बाहिर आएपछि उनीहरू सडकमा उत्रिए।बिश्नोइ समाजका मानिसहरू आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्दछन्।
त्यसमध्ये एउटा नियम वन्यजन्तु र बोटबिरूवाको रक्षासँग सम्बन्धित छ।बिश्नोइ समाजका मानिसहरू मरूभूमिसम्म मात्रै सीमित छैनन्।
उनीहरू राजस्थानबाहेक हरियाणा, पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा पनि बस्छन्।जोधपुरबाट निर्वाचित पूर्वसांसद जसवन्त सिंह बिश्नोइ भन्छन्, हाम्रा संस्थापक जम्भेश्वज्यूले जीवप्रति दया गर्नुपर्ने शिक्षा दिनुभएको छ। जीवप्रति दया गर्नुपर्छ र बोटबिरूवाको रक्षा गर्नुपर्छ। यी कर्मबाट बैकुण्ठमा वास पाइन्छ, उहाँले भन्नुहुन्थ्यो।
उक्त समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि शुरूदेखि नै राज्यसत्तासँग लड्दै आएका छन्।बिश्नोइ समाजका पर्यावरण कार्यकर्ता हनुमान बिश्नोइ भन्छन्, सन् १७८७ मा जोधपुर राज्यमा सरकारले रूख काट्न आदेश दिँदा बिश्नोइ समुदायका मानिसहरू विरोधमा उत्रिएका थिए। त्यतिबेला राजा अभय सिंहको शासन थियो।
उनका अनुसार त्यतिबेला रूख जोगाउने क्रममा जोधपुरको खेजडली र आसपास क्षेत्रका ३६३ जनाले आफ्नो ज्यानको बलिदानी दिए। तीमध्ये १११ जना महिला थिए।
हिन्दुस्तान पत्रिकामा छापिएको समाचारअनुसार सलमान खानले सिकार खेलेको गाउँवासीले देखेका थिए। तर खान उनीहरूलाई ूबन्दुक देखाएर भागेका थिएू।
प्रत्यक्षदर्शीको भनाइमा आधारित खबरमा सो पत्रिकाले लेखेको छ सलमान भाग्न थालेपछि उनलाई केही व्यक्तिले मोटरसाइकल चढेर लखेटेका भए पनि उनी बन्दुक ताक्दै जीपमा भाग्न सफल भए।
उनीहरूले त्यो जीपको नम्बर टिपेर उजुरी गरे।
बिहीवार भारतको एक अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई २० वर्षअघि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको हो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।