हिमालय टिभीले दोस्रो संस्करणको हिमालय रोडिज विगतको भन्दा अझ जंगली र उग्र हुने बताएको छ ।भारतीय टेलिभिजन च्यानल एमटिभीमा प्रसारण हुँदै आएको र गत वर्षबाट फ्रेन्चाइजका रूपमा नेपाल भित्रिएको ‘हिमालय रोडिज’ यस वर्षबाट अझ जंगली र क्रुर हुने आयोजक पक्षले जनाएको छ ।
राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै शुक्रबार राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजित दोस्रो सिजन ‘हिमालय रोडिज सिजन(२’ को उद्घाटन कार्यक्रममा अभिनेत्री दीया मास्केले कार्यक्रम ‘हिमालय रोडिज’मा आफूले बोल्दै आएको ‘त त र मम’ भाषा नसुध्रिने बताएकी छन् ।
रोडिजको निणार्यक मध्यकी एक रहेकी मास्केलाई कार्यक्रममा जजले बोल्ने भाषा अलि सब्भ्य नभएको भनि पत्रकारले उठाएका प्रश्नको जवाफमा उनले कार्यक्रमको फर्म्याट नै यस्तै भाषाको भएकोले आगामी सिजनमा पनि आफ्ना भाषा नसुध्रिने बताइन् ।
हिमालय रोडिजलाई अझ प्रतिस्पर्धी बनाउन यसको उद्देश्यसँगै नारा परिवर्तन गरेर वाइल्ड बेस्ड अर्थात् झन् क्रूर बनाईएको कारण यो प्रतियोगितामा सहभागी हुनेले आफूलाई गत वर्षको प्रतियोगीभन्दा अझ प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्नुपर्ने बताउँछन् आयोजकहरु ।
यस प्रतियोगिताको अडिसन यसै साताबाट सुरु हुने र हिमालय रोडिजलाई १८ शृंखलासम्म हिमालय टेलिभिनजबाट प्रदर्शन गरिने पनि कार्यक्रम निर्देशक अमनले जानकारी गराए ।
कार्यक्रम निर्देशक अमनका अनुसार यसपटक विजेताले २० लाख रुपैयाँ र विभिन्न अवसर जित्नेछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।