- सरद राई,
काठमाडौँ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि गीत-संगीतकै कारण धेरै फिल्महरु हिट भएका छन् । वर्ष २०७४ साल समग्रमा भन्नुपर्दा फिल्मी गीत संगीतलाई नियाल्दा सुखद रह्यो ।
यो वर्ष पनि विगतका वर्षहरुझैँ एकपछि अर्को फिल्मका गीतहरुले निकै चर्चा कमाए । हामीले अबको दुई दिन पछि नयाँ वर्ष २०७५ लाई धुमधाम हर्षउल्लासका साथ स्वागत गर्दैछौँ भने वर्ष २०७४ लाई विदाई गर्दैछौँ । फलस्वरुप आज हामीले वर्ष २०७४ सालमा धेरै भन्दा धेरै चर्चा कमाएका फिल्मी गीत-संगीतको बारेमा चर्चा गर्दैछौँ ।
यो वर्ष संगीतकारको कुरा गर्दा राजनराज सिवाकोटी, सुगम पोखरेल लगाएतका संगीतकार धेरै चम्किए । राजनराज सिवाकोटीले निर्देशन गरेका गीतहरुले सामाजिक सञ्जाल युट्युवमा रेकर्डमाथि रेकर्ड ने राखेको छ ।
हामीले केही मापदण्डहरुका आधारमा वर्ष २०७४का पाँच चर्चित गीतहरुको बारेमा चर्चा गर्दैछौँ ।
१. ‘भन्छु आज’ फिल्म (म यस्तो गीत गाउँछु)
फिल्म म यस्तो गीत गाउँछु’ मा समावेश गरिएको ‘भन्छु आज‘ बोलको गीत यो वर्ष निकै मन पराइयो । यो गीतमा सुगम पोखरेलको संगीत रहेको छ । सुदर्शन थापाले निर्देशन गरेका फिल्म ‘म यस्तो गीत गाउँछु’ मा राखिएको यो गीतलाई सुगम पोखरेल र अञ्जु पन्तले स्वरबद्ध गरेका छन् ।
यो गीतलाई सामाजिक सञ्जाल युट्यवमा एक करोड ४५ लाखपटक भन्दा बढी हेरिएको छ । यो गीतको भिडियोमा अभिनेता पल शाह र पूजा शर्माको फिचरिङ रहेको छ ।
२. ‘कुटुमा कुटु सुपारी दाना’ फिल्म (२ रुपैयाँ)
‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतले यो वर्ष नेपाली गीत संगीतको क्षेत्रमा धेरै भन्दा धेरै चर्चा मच्चाएको छ । यो गीत फिल्म ‘२ रुपैँया’ मा समावेश गरिएको छ ।
यो गीतले फिल्म रिलिज अगावै निकै चर्चा कमाएको थियो भने सामाजिक सञ्जाल यो गीतलाई पाँच करोड भन्दा बढी पटक हेरिएको छ ।
राजनराज शिवाकोटीको शब्द, संगीत रहेको यो गीतलाई राजनराज, मेलिना राई र राजन इशानले स्वरबद्ध गरेका छन् । स्वस्तिमा खड्का, निश्चल बस्नेत र बुद्धि तामाङले अभिनय गरेका छन् ।
यो गीत विवाह र पिक्निक लगाएत विद्यालयहरुले आयोजना गर्ने कार्यक्रममा पनि धेरै बज्ने गरेको छ ।
३. ‘तिमी रोएको पल’ फिल्म (ऐश्वर्य)
‘ऐस्वर्य’ फिल्ममा समावेश गरिएको ‘तिमी रोएको पल’ बोलको गीतलाई पनि दर्शकले निकै मन पराए । मेलोडी संगीतमा अब्बल मानिने अर्जुन पोखरेलको शब्दरसंगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ ।
अहिलेसम्म यो गीतलाई युट्युवमा एक करोड ४७ लाख भन्दा बढी पटक हेरिएको छ । यो गीतमा रमेश उप्रेती र दिपिका प्रशाइको मुख्य भुमिका छ ।
४. ‘कसम हो कसम’ फिल्म (ए मेरो हजुर २)
फिल्म ‘ए मेरो हजुर २’ ले दर्शकलाई राम्रै मनोरञ्जन दिलाएको थियो । यो फिल्ममा समाबेश गीत ‘कशम हो कसम‘ लाई दर्शकहरुले सर्वाधिक रुचाए ।
साम्राज्ञी राज्य लक्ष्मी शाह, सलोन बस्नेत, सलिनमान वानियालगायतका कलाकारले मुख्य भुमिका निर्वाह यो फिल्मलाई लामो समय अभिनयमा सक्रिय झरना थापाको डेब्यु निर्देशन गरेकी हुन् ।
कृष्णहरी बरालको शब्द रहेको यो गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेलको स्वर रहेको छ । यो गीतलाई युट्युवमा एक करोड २६ लाख पटक भन्दा बढी हेरिएको छ ।
५. ‘काले दाई काले दाई’ फिल्म (पर्व)
फिल्म ‘पर्व’को ‘काले दाई काले दाई’ बोलको आइटम गीतलाई पनि दर्शकहरुले धेरै रुचाए । यो गीत फिल्म रिलिज हुनु अगाडि नै चर्चाको विषय बनेको थियो ।
यो गीतमा माला लिम्बुले उक्त गीतमा नृत्य गरेकी छिन् । दिनेश राउतको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको यो गीतमा निश्चल बस्नेत र मिना निरौलाले स्वर दिएका छन् । सामाजिक सञ्जाल युट्युवमा यो गीतलाई दुई करोड ३६ लाख पटक भन्दा बढी हेरीको छ ।
यो वर्ष माथि उल्लेखित फिल्ममा समावेश गरिएका गीतहरु मात्र चर्चामा आएनन् । अन्य फिल्ममा समावेश गीतहरु पनि धेरै चर्चामा आएका छन् । यो वर्ष रिलिजमा आएका फिल्म ‘छक्का पञ्जा २’ मा समावेश गरिएको गीत ‘नाईलनको साडीमा’ ले पनि दर्शकहरुलाई निकै लोभ्यायो ।
त्यस्तै, ‘मंगलम’ फिल्ममा समावेश गीत ‘पर्ख पर्ख मायालु’, पछिल्लो समय रिलिजमा आएको फिल्म ‘सत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीतलाई पनि दर्शक तथा श्रोताहरुले धेरै भन्दा धेरै रुचाएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।