मुम्बई ।दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री श्री रेड्डीले बिद्यमान यौन शोषणको बिरोध स्वरुप अर्धनग्न शरीर लिएर खुल्ला सडकमा प्रदर्शन गरेकी छिन् । नायीकाले गरेको यस्तो बिरोध ठिक नभएको भन्दै तमिलनाडु पुलिसले उनलाई हिरासतमा लिएको थियो।
तेलुगू फिल्मको संघर्षपूर्ण यात्रा गरेर आएकी नायीका श्री रेड्डीले फिल्म निर्माता निर्देशक लगायतबाट हुने यौन शोषणको पर्दाफास गर्ने हेतु शनिवार हैदराबाद फिल्म चेम्बर बाहिर लुगा खोर खुल्ला सठकमा धर्ना दिएर बसीन्। उनले दक्षिण भारतीय फिल्मका ठूला हस्ती मानिएका निर्माता निर्देशक बिरुद्ध आवाज उठाउँदै तिनको पर्दाफास यर्ने बताएकी थिईन् यसै क्रममा उनले एक वेवसाइटमा अन्तर्वार्ता दिँदै आफुलाई निर्माता सुरेश बाबुका छोरा अभिराम दग्गुबतीले जर्बजस्ती यौन सम्पर्क गरेको आरोप लगाएकी छन् ।उनले दग्गुबतीको तस्वीर समेत सार्वजनीक गरेकी छिन् ।
श्रीको भनाई अनुसार अभिराम तेलुगु फिल्म उद्योगका निर्माता सुरेश बाबुका छोरा हुन् भने राणा दग्गुबतीको भाई । राणाले चलचित्र ‘बाहुबली’ मा भल्लालदेवको भुमिका निर्वाह गरेका थिए ।उनलाई जहाँ दुब्र्यवहार गरीयो उक्त स्टुडीयोमा हाल सम्म पुलीसले छापा मार्न नसकेको र निर्माताहरुले केवल हिरोइनसँग यौनसम्पर्क गर्ने स्थल बनाएको भन्दै आपत्ती जनाएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।