काठमाडौँ । ‘ब्लकबस्टर अवार्ड’ विरतण गरिएको छ । बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा २०७४ सालमा रिलिजमा आएका १६ वटा फिल्महरुलाई विभिन्न विधामा पुरस्कार दिइएको हो । साथै तीन जना पत्रकारलाई सम्मान पनि गरियो ।
सुपरहिट पाँच फिल्ममा ‘ए मेरो हजुर २’, ‘२ रुपैयाँ’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेम गीत २’ र ‘शत्रुगते’ परे ।
त्यस्तै सुपर मार्केट विनिङ अवार्डबाट ‘कान्छी’ र ‘ऐश्वर्य’लाई अवार्ड प्रदान गरिएको हो भने वर्षका लक्की फिल्म अवार्ड ‘घामपानी’, ‘झ्याँइनाकुटी’, ‘फाटेको जुत्ता’, ‘मिस्टर झोले’, ‘राधे’, ‘पिंजडा ब्याक अगेन’ले हात पारे । त्यसैगरी अर्को पब्लिक च्वाइस अवार्डमा ‘मंगलम’ चुनियो ।
यो वर्ष प्रदर्शनमा आएका ९३ फिल्ममध्ये व्यावसायिक रुपमा सफलता हासिल गर्ने उत्कृष्ट निर्माता तथा निर्माण कम्पनीलाई सम्मान गरिएको छ ।
फिल्म ‘घामपानी’बाट निर्माता रामबाबु गुरुङ, निर्देशक दीपेन्द्र लामा सम्मानित भए भने फिल्म राधेबाट निर्माता सुशिल पोखरेल सम्मानित भए ।
त्यसैगरी निर्माता निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पुजा शर्मा म यस्तो गीत गाउँछुबाट सम्मानित भए । फिल्म ‘प्रेम गीत २’ बाट निर्माता सन्तोष सेनलाई सम्मान गरिएको छ ।
निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापालाई ए मेरो हजुर–२ बाट सम्मान गरियो भने फिल्म २ रुपैयाँबाट निर्देशक निश्चल बस्नेत, निर्माता आशिप शाह सम्मान दिइयो ।
यो वर्षको ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा २’ बाट निर्माता सुमन गिरी भाञ्जाले सम्मान लिए । यस्तै फिल्म फाटेको जुत्ता, ऐश्वर्यबाट निर्माता रमेश उप्रेती र निर्मल शर्मालाई सम्मान गरियो । फिल्म ‘झ्यानकुटी’ र ‘मिस्टर झोले’ लाई सम्मान दिइयो ।
निर्माता श्रीराम बराल, मौनता श्रेष्ठ, निर्देशक हिमाल केसी– पिँजडा व्याक अगेनबाट सम्मानित भए । कृ बाट निर्माता सुवास गिरी र भुवन केसीलाई सम्मान गरिएको हो । ‘कान्छी’ सँगै ‘मंगलम’ बाट निर्माता छवि ओझा सम्मानित भए ।
चौथो सातामा सफलताका साथ प्रदर्शन भैरहेको फिल्म शत्रुगते का लागि निर्माता किरण केसीले सम्मान ग्रहण गरे । वर्षको ब्लकबस्टर फिल्ममा फिल्म ‘छक्का पञ्जा २’ ले पर्यो । इनिसियल कारोवारको अवार्ड फिल्म कृलाई प्रदान गरियो ।
कार्यक्रममा ‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार’ बाट तीन जना पत्रकारलाई पुरस्कार राशि– ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।