बलिउड हिट जोडी माधुरी दिक्षित र अनिल कपुर लगभग अठार वर्ष पछि पूनः पर्दामा आउने भएका छन् ।को जोडीलाई खुबै मन पराइएको थियो ।यो जोडीलाई कमेडी फिल्म ‘टोटल धमाल’ मा देख्न पाईने भएको छ। शनिबार यो फिल्मको मुम्बईमा सुटिङ सुरु भएको छ ।
सुपर हिट फिल्म बेटाका निर्देशक इन्द्र कुमारले पूनः१८ वर्षपछि अनिल र माधुरीलाई एउटै फिल्ममा ल्याएका हुन् ।‘टोटल धमाल’ मा अनिल र माधुरी पती र पत्नीको भूमिका निर्वाह गर्दैछन् ।साथमा अन्य कलाकारहरु अजय देवगण अशरद वारसी, जावेद जाफरी, रितेश देशमुख लगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।
निर्देशक ईन्द्र कुमार पुरानो हिट जोडीलाई लिएर पूनः काम गर्न पाउँदा आफुलाई खुशी लागेको र यस फिल्मले पनि सफलता प्राप्त गर्ने आशावादी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।