एजेन्सी । नेपाल आइडलको टिम युरोपभर नेपाली नयाँ वर्षको उपलक्ष्यमा सांगीतिक प्रस्तुतिका लागि पुगेका छन् । नेपाल आइडलको टिम मंगलबार स्पेनको बार्सिलोनामा पुगेका हुन् ।
पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाले स्पेनको बार्सिलोनामा आयोजना गरिएको नयाँ वर्ष बिशेष सांगीतिक कार्यक्रममा आफ्नै स्वरको गजल ‘तिमी साथ भएपछि…’ गाउँदै दर्शकलाई भाबुक बनाए।
सुरेश वाग्लेद्वारा रचना गरिएको गजलमार्फत उनले मंगलबार स्पेनको बार्सिलोनामा आयोजना गरिएको नयाँ वर्ष बिशेष सांगीतिक कार्यक्रममा आफ्नै स्वर सुनाएका हुन् ।
नेपाल आइडल यात्राको क्रममा उनको प्रस्तुतिलाई अत्याधिक रुचाइएको ‘उ जितेर गइ या हारेर गइ…’ बोलको गजल सुनाएर यात्रालाई फेरि ताजा बनाएका थिए ।
पहिलो चरणमा सबैलाई भाबुक बनाएका गायक लामाले दोस्रो चरणमा भने दर्शकहरु उफारे। नेपाली चलचित्र कालीको ‘बट स्लोली स्लोली’, प्रमोद खरेलको ‘ओई झुमा झुम्कावाली’ जस्ता चर्चित गीतहरुले बार्सिलोना तताएका हुन् ।
निशान्त भट्टराईले सोहि गीत सुनाए। फर्स्ट रनरअप भट्टराईले “छोरि भन्दा आमा तरुनी…’, ‘तुलसी आगानमा रोपौन…’, ‘उकाली ओराली गर्दै…’पिलायो साथीले…’ लगायतका चर्चित गीतहरु सुनाउँदै दर्शकहरुको मन जिते।
सेकेन्ड रनरअप प्रताप दासले सुरुअातमा स्वर सम्राट नारायण गोपालको ‘मलाई माफ गरिदेउ…’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए।
‘प्रेम गित-२’ को आफ्नै आवाजमा रहेको गीत, ‘मोटर साइकलमा…’ बाट उनले दर्शकहरुको मन जिते। सबै भन्दा पहिले स्टेज चढेका गायक दासले बुद्दि परियारको शब्द तथा संगीतमा रहेको हेर्दा राम्रो माछापुछ्रे …’ बोलको गीतले दर्शकलाई नचाए।
कार्यक्रममा नेपाल आइडल बुद्ध लामा, निशान्त भट्टराई, प्रताप दास र कार्यक्रम प्रस्तोता सुशील नेपालका टोलि रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।