काठमाडौँ । जेठ २ गतेदेखि हलमा फिल्म नै चल्न नदिने तयारी भएको छ । फिल्म हलहरुले आफुहरुलाई शोषण गरेको भन्दै फिल्म निर्माताहरु आन्दोलनमा उत्रने तयारी गरेका हुन्।
अहिले पहिलो हप्ता ५० प्रतिशत, दोस्रो हप्ता ४० प्रतिशत र त्यसपछि ३० प्रतिशत मात्र निर्माताहरुले पाउने गरेका छन् । फिल्मको ५० प्रतिशत आम्दानी दिनुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिन लागेका हुन् ।
यो प्रावधानले आफुहरुलाई अन्याय भएको भन्दै उनीहरुले आन्दोलन गर्न लागेका हुन् । शनिबार भेला बोलाएर निर्माताहरुको आन्दोलनको तयारी गरेका छन् ।
कुल टिकट बिक्रिको ५० प्रतिशत हल सञ्चालकले आफुहरुलाई दिनुपर्ने नत्र जेठ २ गतेदेखि नेपाली तथा हिन्दी कुनै पनि फिल्म चल्न नदिइने निर्माता संघका महासचिव रोज राणाले बताए।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।