काठमाडौँ । झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्।
दर्जीको अहिले युट्युवमा भाईरल नै बनेका छन् । काठमाडौँ आएर एउटा गीत रेकड गर्ने बित्तिकै उनी दर्जन भन्दा बढी युट्युव ट्रेडिङमा आएका छन् । दर्जीले गीत रेकड गर्दाको भिडियो र उनका अन्तर्वता गरी जम्मा १३ वटा युट्युवको ट्रेडिङमा आएको छ ।
युट्युव ट्रेडिङ एक र दुईमा उनले गीत गाउँदा खिचिएको भिडियो नै आएको छ । हामीले यो समाचार बनाई सक्दासम्म युट्युवमा उनको रेकड गरिरहेको भिडियो र अन्तर्वता गरी युट्युवको टेडिङ १, २, १०, १५, १८, २२, २४, २८, २९, ३०, ३२, ३७ र ४७ स्थानमा आएको छ ।
उनले काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा “मन बिनाको धन ठुलो कि धन बिना को मन बोलको पहिलो गीत रेकड गराएका छन् ।
को हुन् दर्जी ?
दर्जी झापा दमकका सामान्य परिवारमा जन्मेका हुन् । उनले बाटोमा, होटेलमा दिनभर गीत गाएर थोरै रकम जम्मा गर्थे । त्यो जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए।
उनको पढ्ने रुचि धेरै भए पनि उनले पढ्न पाएका थिएन । उनको आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएको हो । तर अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइएका छन् । उनी स्कुल पनि जान थालिसकेको छ। स्कुलको पहिलो दिनमा सम्पूर्ण स्कुल परिवारले उनलाई राम्रो स्वागत गरेको थियो।
दर्जीको एउटा भिडियो युट्युवमा आएपछि भाइरल बन्दै आएका हुन् । उक्त भिडियोमा उनले नेपाली हिन्दी विभिन्न गीत गाएका छन् । त्यही त्यहिँ भिडियोले गर्दा दर्जीले अहिले काठमाडौँमा आएर गीत रेकड गर्ने मैका पाएका हुन् । दर्जीले आफ्नो पहिलो गीत चर्चित गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँग रेकर्डिङ गराएका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।