हाँस्यकलाकार हाँस्य कलाकार मनोज गजुरेलसंग डिभोर्स गरेकी उनकी पूर्वपत्नी मिना ढकालले पूनः दोस्रो गीत लीएर आउँदैछिन् ।सांगितिक क्षेत्रमा आफ्नो करिअर प्रारम्भ गर्ने योजनाका साथ ‘आँखा जुध्याे’बोलको गीतमा स्वर तथा अभिनय गरेकी यी गायिकालाई उक्त गीतले निराश बनायो ।
उनको उक्त गीत यूट्यूवमा सार्वजनिक भएपछि लाइकभन्दा डिस्लाइकको ओईरो लागेको चर्चाको विषय बनेको थियो ।
आफ्नो गायकीमा आशावादी रहेकी मिनालाई बाहिरको नकारात्मक कमेन्टले कुनै असर नपारेको देखिन्छ फलतः उनले पूनः कोही भन्छन् काली मलाई कोही भन्छन् गोरी बोलको नयाँ गीत गाउने तयारी गरीरहेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।