काठमाडौँ । तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान नेपाल तामाङ समाज, जापानको सहकार्यमा सानुकुमारी स्मृति प्रतिष्ठान जापानले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत तामाङ कथानक चलचित्र “मायासे लासी ३ ” लिएर आज राती ११ बजे जापान प्रस्थान गर्नु हुने नायक कुमार मोक्तानले जानकारी दिएको छ ।
तामाङ कथानक चलचित्र मायासे लासी ३ को प्रतिनिधित्व गरेर नायक कुमार मोक्तान १५ दिनका लागि नायक मोक्तान जापान प्रस्थान गर्न लागीएको हो । तामाङ चलचित्रलाई रास्ट्रीय देखि अन्तर्राष्ट्रिय मुलुक सम्म चिनाउने कुमार मोक्तानको लक्ष रहेको छ । आफु जापान बिशेष मायासे लासी ३ को विशेष सो को लागि जान लाग्नु भएको र सङ्गै घुमघाम पनि हुने उहाले बताएको छ । “मायासे लासी ३ ” 2018 may 13 आइतबार नेरिमा कल्चरल सेन्टर, टोक्योमा बेलुकी ६ बजे देखि १० बजे सम्म सो हुने पनि मोक्तानले जानकारी दिए ।
मोक्तान तामाङ चलचित्र जगतका एक होनहार नायक भनेर पनि चिनिएको छ । नायक कुमार मोक्तानले हाल सम्ममा दर्जन बडि चलचित्रम आफ्नो सफल अभिनय दर्शक सामु प्रस्तुत गरिएको छ । तामाङ कथानक चलचित्र ह्युल्ला माया बाट चलचित्र अभिनयमा प्रबेश भएका मोक्तान तामाङ चलचित्र जगतलाई उच्च स्थानमा पुर्याउन आफ्नो स्थान बाट सक्दो सहयोग गर्ने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।