धरान। अर्काको चोरी गरी आफ्नो नाम नाम हालेर भिडियो बनाउने इटहरीका एक गायकले भने सार्वजनिक स्थलमै अरुको गीत गाएको भन्दै माफी मागेका छन् ।
इटहरीका गायक तुलसी घिमिरेले सर्जक रमेश प्रसाई र जीवन विष्टको रचनालाई म्युजिक भिडियोकै रुपमा युट्ुवमा सार्वजनिक गरेपछि उनीहरुले आफ्नो गीत आफूहरुको स्वीकृति विना नै म्युजिक डिभियो बनाई सार्वजनिक गरेको दाबी गरेपछि धरानमा पत्रकार सम्मेलनको आयोजना गरी नै सार्वजनिक रुपमा माफी मागेका छन् भने ५ हजार समेत जरिवाना स्वरुप तिरेका छन् ।
केही बर्ष अगाडि स्टेज प्रोगाममा कसैले यो गीत गाएको सुनेपछि आफूले मोवाइलमा रेकर्ड गरेर पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग सेन्टरबाट रेकर्ड गरी म्युजिक बनाएको तीन महिनापछि यो गीत रमेश प्रसाई र जीवन विष्टको भएको थाहा पाएकोले सार्वजनिक रुपमा माफी मागेका हुन् ।
भिन्न क्षमता भएका यी दुई सर्जकले विगतमा जुनियर रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको प्रतियोगितात्मक गीतमा समेत समावेश गरिसकेका ‘किस्ताबन्दीमा’ बोलको गीत धरानमा हुने अन्य स्टेज प्रगाममा समेत प्रस्तुत गरिसकेका छन् ।
उनीहरुले पढाईको सिलसिला चलिरहेकोले ग्राजुएट सकिएपछि यो गीतसंगै अन्य गीत समावेश गरेर सर्वजनिक गर्ने लक्ष्य लिइरहेका बेला अचानक युट्युवमा सार्वजनिक भएपछि आफुहरु आचार्यमा परेको बताएका छन् ।
युट्ुव च्यानल संग्रस नेपालमार्फत सार्वजनिक गरेको यो गीतको ५६ हजार १ सय ७ जनाले सुनिकेका छन् ।
यसमा गायक घिमिरेले सार्वजनिक माफी माग्दै ५ हजार जरिवाना तिरे भने उनीहरुले सम्झौता पत्रमै यो गीत युट्युव च्यानलबाट हटाउन र फेरि सर्जक दुवै जनाको फोटोसहित युट्युवमा हालिने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कपी राइट सम्बन्धी छुट्टै कानुन भए पनि त्यो प्रभावकारी नहुदा पूर्ण रुपमा कार्यान्वयन नहुदा सर्जक सधै पीडित बनेको यो हाम्रो समाजमा जानी वा नजानी गरेको गल्तिलाई सार्वजनिक रुपमा माफी मागेकोप्रति अन्यले समेत यसलाई सकारात्मक रुपमा लिएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।