एजेन्सी । ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन लण्डनमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भएका छन्। बेलायतसहित युरोपका जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्डलगायतका देशबाट नृत्यमा १० र गायनमा ५ प्रतिस्पर्धी सहभागी थिए।
नृत्यमा पहिलो रनरअप बेल्जियमकी निकिता सापकोटा र बेलायतकी काजोल गुरूङ दोस्रो रनरअप तथा गायनतर्फ बेलायतका निमान तामाङ पहिलो रनरअप र जर्मनीका सुरज सापकोटा दोस्रो रनरअप बनेका हुन्।
निर्णायकको भूमिकामा नृत्य विधामा सनम बैराग, शारदा शर्मा र वर्षा खड्का तथा गायन विधामा मधु क्षेत्री, शर्मिला वर्देवा र पर्शुराम रिजाल थिए। दुवै विधाका विजेतालाई ७ सय १ युरोको नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो र तेस्रो हुनेले क्रमश ५ सय १ युरो र ३ सय १ युरो नगदसहित प्रमाणपत्र र ट्रफी पाएका थिए।
आउँदो १ वर्षको लागि दुवै विधामा पहिलो हुनेलाई ईनास सद्भावना दूत घोषणा गरिएको छ। गायनका विजेतााई एउटा गीत रेकर्ड गराउने र नृत्यकी विजेतालाई सोही गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने भएको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।