एजेन्सी । फ्रान्सको कान शहरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘कान्स फिल्म फेष्टिवल’ हरेक वर्ष चर्चामा आउँछ । प्रत्येक वर्ष ३० हजार भन्दा बढी फिल्म प्रोफेशनल्सहरु यस फेष्टिवलमा आफ्नो प्रतिभा प्रदर्शन गर्दछन् । बालिउडबाका फिल्म मेकर्स र कलाकारहरुले पनि ‘कान्स फिल्म फेष्टिवल’ आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका छन् ।
अभिनेत्री दीपिका पादुकोण, ऐश्वर्य राय बच्चन, सोनम कपुर, कंगना रनौत, र हुमा कुरैशी यो वर्षको कान्स फिल्म फेष्टिवलमा पुगेका छन्, भने मल्लिका शेरावतको लामो समय देखि कुनै पनि फिल्म आएको छैन् । तर पनि उनी प्रत्येक वर्ष यस इभेन्टमा सामेल हुँदै आएकी छन् । उनी आफ्नो एनजिओ ‘फ्रि एण्डल गर्ल’को तर्फबाट कान्समा सामेल हुन्दै आएकी हुन् । यो एनजिओले भारतमा मानव तस्करी र यौन हिंसाको बिरुद्धमा काम गर्दै आएको छ ।
कलाकार नवाजुद्धिन सिद्दीकी र नन्दिता दास यो वर्ष आफ्नो फिल्म ‘मंटो की वजह’को तर्फबाट कान्समा सोमल भए । साउथका कलाकार धनुष पनि सामेल भएका थिए । धनुष पनि आफ्नो फिल्म ‘द एक्स्ट्राअर्डिनरी जर्नी अफ द फकिर’ बाट यस इभेन्टको हिस्सा बनेका हुन् ।
के तपाईलाई थाहा छ प्रत्येक वर्ष फ्रान्समा आयोजना हुँदै आएको ‘कान्स फिल्म फेष्टिवल’ कसरी इन्ट्रि पाईन्छ ?
कुनै स्पोन्सरको ब्राण्ड एम्बेसेडर बनेर,
यदि तपाई यस फेष्टिवलको स्पोन्सर गर्दै आएको ब्राण्डको कुनै पनि एकको ब्राण्ड एम्बेसेडर हुनुहुन्छ भने तपाईले रेड कार्पेटमा वाल्क गर्ने मौका मिल्नेछ । बलिउडका अभिनेत्री दीपिका पादुकोण र ऐश्वर्य राय बच्चन पनि पछिल्लो केही वर्ष देखि यसरीनै कान्समा सामेल हुँदै आएका हुन् ।
फिल्मको स्क्रीनिङ टिकट पाएर,
फिल्मको स्क्रीनिङबाट पनि ठिक टिकट बेचिन्छ । त्यस टिकटबाट पनि तपाईले रेड कार्पेटको एक्सेस पाउन सक्नुहुन्छ ।
यदी तपाईको फिल्म प्रातियोगितामा छ भने,
यदी तपाई फिल्ममेकर अथवा तपाईको कुनै पनि शर्ट फिल्म कुनै क्याटेगोरीको तर्फबाट पनि हिस्सा बन्न सक्नुहुन्छ अथवा यस इभेन्टमा तपाईलाई अनुमति दिईन्छ ।
यदी तपाई जुरीको सदस्या भएमा,
कुनै पनि क्याटेगोरीको लागि जज गर्नेलाई कान्स फिल्म फेष्टिवलको रेड कार्पेटमा आउनलाई अनुमति हुनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।