एजेन्सी । पिठ्युको दुःखाईबाट ग्रसित बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् ।उनी बिगत एक बर्षदेखि ढाड दुख्ने समस्याका कारण राज्यसभाबाट राजीनामा दिई आराम गरीरहेका थिए । सोमबार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरीएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी कान्दिवलीस्थित रक्षा अस्पतालमा भर्ना भएको समाचारमा जनाइएको छ ।
सन् २००९ मा फिल्म ‘लक’ को छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो जसपश्चात उनी तन्दुरुस्त थिएनन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।