नेपाली कलाकार लाहुरे र बिपुलको अन्तर्राष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य भएकाे छ ।
डेनिस ब्रान्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलतापछि ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ। जसले यसवर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकार को खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगितीक ट्र«याकहरू बनाउने भएको छ।
अमेरिकी निर्माता तथा डिजे डिप्लोे अघिल्लो वर्षको अभियानमा पनि सहभागी थिए। यसवर्ष उनी डेनमार्ककी कलाकार तथा गायिका मोसँग आएका छन्। उनीहरू मिलेर टुबोर्गका लागि ‘स्टे ओपन’ नामक ट्र«याक रचना गरेका छन्। जसमा विश्वभरका कलाकारहरूलाई ‘ओपन टु मोर’ हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुतगरी पुर्नलेखन गर्ने निम्तो गरिएको छ।
टुबोर्ग ओपनले अभियानको दोस्रो वर्षमा पनि उत्कृष्ट संगीतकारसँग मिलेर केही विशेष रचना गर्दैछ। ती कलाकारले एउटै विश्वव्यापी सन्देशका साथ आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दमा गाउनेछन्।
नेपालमा भने दुई जना लोकप्रिय स्थानीय कलाकारसँग सहकार्य गर्न लागिएको छ। जसमा लोकप्रिय नेपाली ¥यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’ रहेको छन्। दुवैजना गायक आफ्नो समकालीन लोक संगीतका लागि चिनिन्छन्। चीन, बुल्गेरिया र म्यानमारमा भने कलाकारहरू निश्चित हुन बाँकी रहेको छ। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।