काठमाडाैँ । यसै सातादेखि छायांकन सुरू भएकाे नेपाली चलचित्र ‘चाैका दाउ’ मा वर्षा राउत र अजस्र ढुंगाना जोडीका रुपमा आउने भएका छन् ।
यसअघि ‘ए मेरो हजुर २’ मा सहअभिनेताको रुपमा काम गरिसकेका अजस्रले चौका दाउबाट नायकको रुपमा डेब्यु गर्न लागेका हुन् । चलचित्रको कथा सशक्त भएको र भूमिका राम्रो भएकाले यस चलचित्रबाटै आफूले डेब्यु गरेको उनले बताए ।
भूमिकाबारे खुलासा नगरेपनि अभिनेत्री वर्षाले चौका दाउमा आफ्नो फरक भूमिका रहेको बताईन् ।
पूर्णेन्दु झाको निर्देशन रहेको चलचित्रमा विल्सनविक्रम राई, रवीन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुंगाना, रोशनी सापकोटा, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देललगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसअघि आठ वटा चलचित्रमा कथा लेखिसकेका अग्रज संगितकार शम्भुजीत बासकोटाको चौका दाउ उनको कथामा निर्माण हुन लागेको नवौँ फिल्म हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।