लण्डन । बेलायतका राजकुमार ह्यारी र मार्कल बिच शनिबार राजकीय विहे सम्पन्न भयो।वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना लगायत हजारौंको संख्यामा उपस्थीत सर्वसाधारणले उक्त राजकीय विवाहको खुशी साटासाट गरेका थिए ।तर राजकुमार ह्यारीले समारोहमा एकाएक भावुक हुँदै आँशु खसाले ।
विशेष गरी एशीयाली मुलुकहरुमा विवाहमा दुलही बिदाईको समयमा रुने गर्दछन् तर बेलायतको शाही विहेमा भने राजकुमार ह्यारी रोएका हुन्।यतीखेर राजकुमार ह्यारीले समारोहमा भावुक हुँदै रोएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।
ह्यारी १२ बर्षको हुँदा उनकी आमा राजकुमारी डायनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।सामाजिक सञ्जालमा धेरैले उनी सायद आमाको सम्झनामा रोएका हुन् भनी प्रतिक्रिया दिएका छन् ।
विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले औँठी साटासाट गरी राजकीय परम्परा अनुसार विवाह भएको हो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।