काठमाडौं । टक्क मिलेको ज्यान, चटक्क परेको अनुहार, ठाडो, ठाडो कपाल झलक्क हेर्दा कुनै बलिउडको हिरो भन्दा कम छैनन् गायक रुपकुमार राई । पहिलोपटक देख्नेहरुले उसलाई कि कुनै सरकारी पदको उच्च ओहदाको व्याक्ती अथवा लाहुरे सम्झन्छन् । तर गायक रुपकुमारको यो देखिने रुप भन्दा फरक व्याक्तिव पाइन्छ ।
उनीसँग गफिदा उस्को नजिकको सङ्गतबाट थाहा हुन्छ, रुपकुमार राईको व्याक्तिव जति सौन्दर्यमा सुन्दर देखिने गायक राई मनले पनि सुन्दर छन् । आधुनिक, गजल, लोक, स्वदेश गान, फिल्ममासमेत गरेर हजार भन्दा बढी गितलाई स्वरबद्ध गरेका गायक राईको बजारमा ‘गुन्द्रुक किनिमा’, ‘चर्चा’, ‘रामसाइली’, ‘स्वपनिल छायले’, ‘नौ लाई सुन्ना नब्बे’, लगाएतका दर्जनौं गीतहरु चर्चामा छन् ।
Singer: Rupkumar Rai
गायक राईले औपचारिक सङ्गीत शिक्षा चाहिँ गुरुदेव कामत सङ्ग ६ बर्ष सम्म सास्तृय सङ्गीत अध्यन गरेका हुन् । त्यसपछि ५८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका गायक राईको यो भन्दा पहिल्यै आधा दर्जन एकल एल्बम बजारमा ल्याई सकेका राई सातौ एल्बमको तयारीमा व्यास्त छन । पहिलो एल्बम मनको देउराली, दोस्रो साक्षी, तेस्रो सामिप्या, चौथो रामसाइली, पाँचौ सार, र छैठो रुप एकल एल्बम बजारमा आई सकेका छन् ।
गफिदै जाँदा राईले थपे ‘म लाहुरे परिवारको सदस्य भएकोले लाहुरे नै हुन्थ्ये होला । सुरु सुरुमा परिवारिक वातावरण लाहुरेको भएकाले परिवारको दबाब लाहुरे कै रहे पनि रुपले गायक बन्ने भन्दा अरु सपना कहिल्यै देखिन ।’ उनले थपे, ‘म जहिल्यै सकरात्मक सोच लिएर नकरात्मक कुराहरुलाइ चिर्नु पर्छ भन्ने सोचे र नेपाली सङ्गीत क्षेत्रलाइ दिइरहेको योगदान प्रती गर्व गर्छन् ।’ मुसुक्क हाँस्दै यनmे भने, ‘जो आज आएर सङ्गीतको माध्यमद्वारा समाज र राष्ट्रको लागि नेपाली सङ्गीत क्षेत्रलाइ दिइरहेको योगदान प्रति गर्व लाग्छ । जो सङ्गीतको माध्यमद्वारा समाज र राष्ट्रको लागि अरु धेरै सेवा गर्नुछ।’
साङ्गीतिक कन्सर्टको क्रममा हङकङ, कुवेत, मलेसिया, कतार, दार्जिलिङ, सिक्किम, जस्ता दर्जनौ देशमा आफ्नो प्रस्तुति दिइसकेका गायक राईले नेपालको अधिकांश जिल्लामा आफ्नो प्रस्तुतिबाट दर्शकहरूलाई मनोरञ्जन दिइसकेका छन ।
राईको परिचय यतिमा मात्रै सिमित छैन आफ्नै ‘दिव्यजोति पोलिक्लिनिकका’ सञ्चालकसमेत हुन् । गायक राईको सो पोलिक्लिनिकले प्रत्यक्ष १० जना भन्दा बढीलाई आफ्नै देशमा रोजगारी दिइरहेका छन् । त्यसै गरि हिलटोन म्युजिक सेन्टरका अध्यक्ष र निर्देशक पनि हुन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।