एजेन्सी । फिल्ममेकर सुजय घोषको फिल्ममा अमिताभ बच्चन र शाहरुख खान एक साथ आउने भएका छन् । सुजय घोषको फिल्म ‘बद्ला’मा अमिताभ र शाहरुखसँगै आउन लागेका हुन् । यो एक क्राइम थ्रिलर फिल्म हो । तर यो फिल्ममा शाहरुख खानले अभिनय भने गर्ने छैनन् । उनी एक निर्माताको रुपमा आउने छन् । यो फिल्ममा ताप्सी पन्नु पनि रहेकी छन् ।
सुजय घोषले मिडियासँग कुरा गर्दै भनेका छन्, ‘अमिताभ बच्चन जस्ता कलाकारहरुसँग काम गर्न पाउनु लडाई जित्नु जस्तै हो । अमिताभलाई निर्देशन गर्न पाउँदा निकै उत्साहित छु । साथै मैले केही समय पहिल्यै देखि ताप्सी पन्नुसँग पनि काम गर्न मन लागिरहेको थियो । उनको लागि यो फिल्ममा पर्फेक्ट स्टोरी रहनेछ ।’
उनले थपे, ‘मेरो एक्साइटमेन्ट डबल भएको छ, किन भने फिल्मलाई शाहरुख खानले निर्माण गर्दै छन् । मलाई यो भन्दा राम्रो टीम मिल्न सक्दैन । अब कामको समय आएको छ ।’
सुजया घोषले ‘अलादिन’ र ‘तीन’मा अमिताभ बच्चनलाई निर्देशन गरिसकेका छन् । त्यसोत, शाहरुख खान र अमिताभले पछिल्लो पटक २००८ मा फिल्म ‘भुतनाथ’ मा काम गरेका थिए । निर्माण हुदै गरेको यो ‘बद्ला’ फिल्म स्पेनिश फिल्म ‘द इनबिजिबल गेष्ट’को रिमेक हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।