काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो यम बराल । ‘बादलुको घुम्टोले इलाम बजार छेकिंदा मैले सबलाई विर्सेछु तिमीलाई सम्झिदा’ यही गीतबाट सांगीतिक आकाशमा उदाएका थिए ।
निष्ठुरीले छाडेर गैहाली, मन रहे पो माया प्रिति, अव चोटहरुले पिरोल्दैन मलाई यस्तै यस्तै करिव १५ सय भन्दा बढि पाश्र्व गायन तथा सुमधुर र सदावहार गीतहरुमा आफ्नो आवाज भरिसकेका छन् । करिव दुई दशक भन्दा लामो समय देखि उनी सांगितिक क्षेत्रमा सक्रिय छन् । केही वर्ष विदेश हानिएका यम अहिले भने नेपालमा छन् । उनी भन्छन् “म बिदेश पलायन भएको छैन दर्शक श्रोतालाई भ्रम परेको मात्र हो ।”
उनको लोकप्रियता भने अझै पनि उस्तै छ । पछिल्लो समय उनी सह निमार्ताका रुपमा चलचित्र ‘भैरे’मा आवद्ध भएका छन् । यहि साउन २० गतेबाट प्रर्दशनमा आउने यस फिल्ममा उनको संगीत र पाश्र्व गायन पनि छ । उनको सांगीतिक जीवन, विदेश यात्रा र चलचित्र भैरेको बारेमा हामीले कार्यक्रम फन टकमा कुरा गरेका छौ ।
हेर्नुहोस उनीसँग गरिएको फन टक:
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।