एजेन्सी । फिल्म ‘सञ्जु’मा अभिनेता रणवीर कपुरले सञ्जय दत्तको भुमिका निभाईरहेका छन् । धेरैलाई थाहा भएकै कुरा हो, रणवीर कपुर र सञ्जय दत्तको टुनिङ निकै पुरानो हो ।
रणवीरले बच्चामा सञ्जय दत्तलाई आफ्नो आईडल मान्दै आएका थिए । रणवीरले मिडियासँग कुरा गर्दै भने, ‘मैले सत्तजय दत्तलाई पहिलो पटक कश्मीरमा देखेको थिए । सन् १९९३ मा उनले मेरो बुबा ऋषि कपुरको साथमा फिल्म ‘साहिबा’ सुटिङ गरिरहेका थिए ।’
रणवीरले बताए अनुसार सञ्जय दत्तको छविबाट उनी निकै प्रभावित भएका थिए । जति बेला सञ्जय दत्त ठूलो ज्यान भएको, जस्को लामो कपाल र कानमा रिङ लगाएका थिए । रणवीरले थपे, ‘मेरो बहिनी रिद्धिमाले आफ्नो दराजमा सलमान खानको पोष्टर टाँस्ने गर्थिन । मैले भने सञ्जय दत्त पोष्टर टाँस्ने गर्दथे ।’ रणवीरका परिवार सँग सञ्जय दत्त निकै नजिक थिए ।
त्यस्तै रणवीरले थपे, ‘सञ्जयले मेरो बर्थडेमा हार्ले डेविशन मोटरसाइकल दिएका थिए । साथै उनले मलाई आफ्नो फरारीमा घुमाउन लैजान्थे ।’
रणवीरले भने, ‘जब सञ्जयले मेरो बर्थडेमा होर्लेको बाइक दिनुभयो, त्यति बेला मेरो बुबा भड्कीएका थिए । बुबाले सञ्जयलाई बोलाउनु भयो र भन्नुभयो, ‘मेरो छोरालाई बिगार्न बन्द गर । यसलाई तिमी जस्ताे नबनाउ ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।