काठमाडौं । ‘यो जुनीमा दृष्टीबिना सोचे जस्तो छैन जीवन, तर धोको थियो यो संसार हेर्न, आँखाको ज्योती पाईन, आँखाको ज्योती पाईन’ यो बेदना दृष्टीबिहिनहरुको हो । आँखाको ज्योती नभएकाहरुको बेदनालाई समेटिएको गीतकार नीरप्रसाद गुरुङको ‘यो जुनीमा दृष्टीबिना’ बजारमा सार्वजनिक भईसकेको छ ।
गीतकार गुरुङले आफ्नो शब्द र संगीत मार्फत दृष्टीबिहिनहरुको बेदनालाई प्रस्तुत गरेका छन् । गीतकार गुरुङको ‘यो जुनीमा दृष्टीबिना’लाई सुस्मीता राईले सुमधुर आवाज दिएकी छन् । गुरुङको यो गीतलाई पवल चाम्लिङ राईले एरेञ्ज गरेका हुन् ।
गीतको भिडियोमा उर्मीला गुरुङको अभिनय रहेको छ । भिडियोलाई उत्सब ढकालले खिचेका हुन्, भने प्रकाश धितालले निर्देशन गरेका हुन् । जयेन्द्र शेर्चनको प्रस्तुति रहेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।