एजेन्सी। गएको फागुनमा ‘द-ब्यांग टुर’ लिएर नेपनल अाउने भनेका बलिउड स्टार सलमान खान विविध कारणले आउन सकेनन् ।
काठमाडौं नआएका सलमान अहिले द-ब्यांग टुरका क्रममा अमेरिका पुगेका छन् । टाेलीमा सलमानसंगै अभिनेत्री कट्रिना कैफ र ज्याकलिन फर्नान्डेज पनि छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईका कारण सलमानलार्इ सास्ती भइरहेकाे छ । कट्रिना र ज्याक एक अर्कासंग नमिल्दा उनीहरूलार्इ एकै चोटि स्टेजमा उतार्न त परको कुरा, एउटै फ्ल्याटमा राख्नसमेत गाह्रो परेको छ ।
सञ्चारमाध्यमका अनुसार दुई अभिनेत्रीलाई एकै होटलका बेग्लाबेग्लै तलामा राखिए पनि क्यानाडाको कार्यक्रममा भने होटल अगल–अलग गरिदिन सलमानले व्यवस्थापकलाई अह्राइसकेका छन् । दुईले एकअर्कालाई हेर्न पनि चाहदैनन् । र उनीहरूकाे कुनै हातलमा पनि आई कन्टयाक्ट नहोस् भन्नेमा सलमान र आयोजक समूह सचेत रहेछन् ।
सन् २०१६ मा ज्याकलिनको ‘ढिसुम’ फिल्म रिलिज भएपछि उनलाई कट्रिनासँग दाँजिएको थियो । उनले अभिनय र डाइलग डेलिभरीमा कट्रिनाको नक्कल गरेको आक्षेपसमेत लागेकाे थियाे । ज्याकलिनले यस आक्षेपको खण्डन गर्दै आफूहरूलाई नदाँज्न आग्रह गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।