काठमडौँ । नेपालका केही हलहरुमा मात्र बलिउडको चर्चित अभिनेता संजय दत्तको जीवनीमा आधारित बनेको फिल्म ‘संजू’ प्रदर्शन हुने भएको छ ।
वितरक र प्रदर्शक बीच बिभिन्न बिषयमा कुरा नमिल्दा ‘संजू’ नेपालको सिमित हलहरुमा मात्र प्रदर्शन हुने भएको हो ।नेपाल प्रदर्शनको अधिकार लिएका चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले अनेकन सर्तहरु राखेपछि प्रदर्शकले फिल्म रिलिज गर्न नमानेको बुझिएको छ । चौधरी ग्रुपले तोकिए भन्दा बढी हिस्सा प्रतिशत मागे पछी ‘संजू’को प्रदर्शन अब गोपीकृष्ण मुभिज, क्युज सिनेमा लगायतका केही सिंगल हलहरुमा मात्र हुने भएको छ ।
बुधबार चलचित्र संघमा प्रदर्शक र वितरक बीच हुने भनिएको बार्ता हुन नसकेपछि बिहिबार पुनः बार्ता बोलाईएको थियो तर बितरक पक्ष अर्थात गोपीकृष्ण मुभिज र चौधरी ग्रुप नै बार्तामा नआएपछि अब फिल्म नेपालका सबै हलहरुमा प्रदर्शन नहुने भएको हो । देशैभर सबैभन्दा बढी हलहरुकको नेटवर्क भएको क्युएफएक्स, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब लगायत अन्य हलहरुमा ‘संजू’ प्रदर्शन नहुने निश्चित छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।